युएनएफपीए आपूर्ति परियोजना सरकारसँग मिलेर राष्ट्रिय आपूर्ति योजना सुदृढ गरी सरकारको स्वास्थ्य प्रणाली सुधार गर्न काम गरिरहेको छ। आपूर्ति श्रृंखलाहरूले अन्तिम चरणको सुनिश्चितता प्रदान गरी पूर्वानुमानदेखि समग्र लजिस्टिक व्यवस्थापनसम्म स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग पुर्याउँछन्। यस परियोजनाको उद्देश्य सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्ने महिला र किशोरीहरूलाई आधुनिक गर्भनिरोधक सामग्री उपलब्ध गराउन थप रणनीतिक दृष्टिकोण विकास गर्नु र साथसाथै नियमित वस्तु आपूर्ति सुनिश्चित गर्दै लजिस्टिक व्यवस्थापन प्रणालीलाई सुदृढ पार्नु हो।.