पावर २ (POWER II) परियोजना अन्तरगत सन् २०२२ जुलाई देखि अप्रिल २०२३ सम्म भएका प्रगतिहरु, उत्कृष्ट अभ्यासहरु, सिकाई उपलब्धिहरु तथा चुनौतीहरुको समिक्षा र साझेदारी गर्ने लक्ष्यका साथ दुई दिने साझेदारी स्तरीय वार्षिक निरीक्षण र प्रतिबिम्ब कार्यशाला हालै रुपन्देहीको बुटवलमा सम्पन्न भयो। परियोजनाको निरीक्षणहरु हाम्रो परीयोजना व्यवस्थापन प्रक्रिया र साझेदारहरुका महत्वपूर्ण भाग हो । कार्यशालामा साझेदारी संस्थाहरु आड्रा नेपाल (ADRA Nepal), एल. डव्लु. जी नेपाल (LWG Nepal), आइ. एन. एफ. नेपाल (INF Nepal), कारिटस नेपाल (Caritas Nepal) का ४५ सदस्यहरु सहभागी भएका थिए । ती मध्ये १४ जना आड्रा नेपालका थिए जसमा महिला मानव अधिकार रक्षक, परियोजना साझेदारीका कर्मचारीहरु र आड्रा नेपानलका कर्मचारीहरु थिए ।
यस कार्यशालामा आड्रा नेपालका टिम लिडर कविर रत्न स्थापितले पावर २ (POWER II) परियोजनाको बारेमा बिस्तृत विवरण प्रस्तुत गर्नुभयो जसले पुरुष र महिला लाभग्राहि बिच लैङ्गिक समानता र समाजिक समावेशीकरण (GESI) जागरुकताहरु सृजना गर्न, महिला नेतृत्व क्षमता बिकास गर्न, कर्मचारी र साझेदारहरुको क्षमता र प्रतिबद्धता बढाउन (GESI) प्रतिवद्ध छ ।
वरिष्ठ परियोजना अधिकृत पूर्णलाल श्रेष्ठले लक्ष्यहरु तथा प्रगतिहरु, सिकाई, चुनौतिहरु, सफलताका कथाहरु, सफल अभ्यासहरु, र भविष्यका कदमहरुको बारेमा प्रस्तुत गर्नुभयो । यी प्रस्तुतीहरुसँगै अनुभव आदनप्रदान, समूह बिच छलफल भयो र साथै साझेदार सँस्थाका सदस्यहरुबाट आफ्ना ३ वर्षे कार्ययोजना प्रस्तुत गरियो जसमा सरोकारवालाहरु र साझेदारहरु बिच हाल भइरहेका तालिममा, सचेतना सत्रहरु पनि समावेश गरियो । लैङ्गिक तथा सुरक्षा अधिकारी करुणा बरालले सन् २०२३ अप्रिलमा आड्रा नेपालको नेतृत्वमा गरिएको लैङ्गिक लेखापरीक्षणे प्रारम्भिक नतिजाहरु प्रस्तुत गर्नुभयो जसले लेखापरीक्षणको सहभागीहरुको बुझाईको स्तर, अन्तर, सिफारिश र अघि बढ्ने बाटो विशिष्ट रुपमा दर्शाउनुभयो । साझेदारीका सदस्यहरुले POWER II परियोजना अन्तर्गत IEC र विकसित भएका दृश्यता सामाग्रीहरु पनि प्रस्तुत गर्नुभयो । अस्ट्रेलियन प्रतिनिधिहरु (आड्रा अस्ट्रेलिया, लुथरन वल्ड फेडरेसन अस्ट्रेलिया LWF Australia, र Caritas अस्ट्रेलिया) ले यस सभामा सहभागी भई भर्चुअल रुपमा मार्गदर्शनहरु प्रदान गर्नुभयो ।
यसका साथै लुथरन वल्ड फेडरेसन (LWF) नेपालका देशीय निदेशक विजया व्रजाचार्यद्वारा जलवायु न्याय र लैङ्गिक न्याय सम्बन्धि अभिमुखीकरण सत्र संचालन गनुभयो । यस सभाको मुख्य उद्देश्य बैठकमा सहभागी भएकाहरुलाई लैङ्गिक न्यायको महत्वका साथसाथै दुबई (UAE) मा सन् २०२३ नोभेम्बर-डिसेम्बरमा हुने कोप (COP) योजनाको निम्ति सचेत गराउनु हो ।
कार्यशालाअघि कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा एक दिने क्रस लर्निङ्ग भ्रमणको आयोजना गरिएको थियो जहाँ आई.एन.एफ. नेपाल (INF Nepal) ले पावर २ (POWER II) परियोजनाको गतिविधिहरु कार्यान्वयन गरिएको थियो । साझेदार सँस्थाका सदस्यहरू र यसका कार्यान्वयन साझेदारहरू, (WHRD) का सदस्यहरु सहभागी भइ र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (GESI) मुद्दाहरूसँग सम्बन्धित प्रभावहरू जस्तै राम्रो अभ्यासहरू, सिकेका पाठहरू र चुनौतीहरूको बारेमा छलफल गर्न स्वयं सहायता समूहका सदस्यहरूसँग भाग लिई अन्तरक्रिया गरे ।
यस परियोजनाले महिलाहरूलाई कसरी फाइदा पुर्याइरहेको छ भनेर हेर्नु निकै उत्साहजनक थियो । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा एक छोरा र छोरीसहित बस्दै आएकी ३४ वर्षीया एक महिलाको कथा सुनाइयो । उनको विवाह १७ वर्षअघि भएको थियो । विकट भौगोलिक अवस्थितिका कारण दैनिक पारिवारिक खर्च धान्न असम्भव भएकाले उनका श्रीमान् रोजगारीका निम्ति साउदी अरब गएका थिए । उनका श्रीमान्ले ३ वर्षदेखि नियमित पैसा पठाउँदै आएकाले उनीहरुको घर राम्रोसँग चलिरहेको थियो । श्रीमान्ले पठाएको पैसा र उनले गरेको श्रमबाट उठेको रकम जम्मा गरी उनीहरुले दाङमा जग्गा खरीद गरे । विवाह दर्ता र नागरिकताको व्यवस्था गर्न श्रीमान् लाई पटक-पटक आग्रह गर्दा पनि उनले मानेनन् । उहाँ धेरै वर्षदेखि बैदेशिक रोजगारीले घरबाहिर हुनुहुन्छ त्यसैले सो काम गर्न समय नरहेको होला भन्ने सोचले म धैर्यपूर्वक बसिरहे । यसैबिच, मेरो श्रीमान् विदेशबाट घर फर्किनुभयो र म पनि धेरै खुसी भएँ, तर मेरो खुशी लामो समयसम्म टिकेन, किनभने उहाँले मसँग फरक व्यवहार गर्न थाल्नुभयो । केही समयपछि हामीलाई थाहै नदिई उहाँ एकाएक बेपत्ता हुनुभयो । मेरा साथीहरूले उहाँलाई खोज्न लामो समयसम्म मद्दत गरे, तर उहाँलाई भेटिएन । गाउँका दिदीबहिनीहरूले मलाई आड्रा (ADRA) परियोजनाद्वारा स्थापित महिला मानव अधिकार रक्षक (WHRDs) का निशा घर्र्तीसँग परामर्श गर्न सुझाव दिए । मैले निशा बहिनीलाई भेटेँ, उहाँले मलाई मेरो श्रीमान् लाई खोज्न सामाजिक सञ्जालमा सूचना प्रकाशन गर्न सल्लाह दिईन् । त्यसपछि उहाँ अर्की महिलासँग भारतमा बसिरहनुको भनी हामीले जानकारी पायौँ । जानकारी पाएको केही समयपछि भाइको सहयोगले हामीले उहाँलाई नेपाल ल्यायौँ । निशा बहिनीको सल्लाह अनुसार मैले उहाँमाथि अदालतमा बहुविवाहको मुद्दा दर्ता गरे । अदालतले मेरो पक्षमा फैसला गरेपछि अहिले मैले न्याय पाएको छु र दाङमा खरीद गरिएको जग्गा मेरो नाममा दर्ता गराएकी छु । निशा बहिनीलाई प्रक्रियासहितको कानुनी व्यवस्थाको बारेमा सल्लाह दिनुभएकोमा र मैले पाएको न्यायको बाटो देखाउनुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्तमा, म अरूलाई पनि आफ्नो विवाह दर्ता गरेर सबै कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गर्दछु ।
आड्रा नेपाल (ADRA Nepal), कारितास नेपाल (Caritas Nepal), आई.एन.एफ नेपाल (INF Nepal) र एल.डब्लु.एफ नेपाल (LWF Nepal) ले ग्रामीण महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पावर २ (POWER II) परियोजना संयुक्त रुपमा सञ्चालन गरिरहेकाछन् । यो परियोजनालाई अष्ट्रेलियन सरकार र आड्रा अष्ट्रेलियाले आर्थिक सहयोग गरेका छन् । स्थानीय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा १० जिल्लाहरुमा यो परियोजना कार्यान्वयन भइरहेको छ ।