Search
Close this search box.

तराई (TERAI) परियोजना अन्तर्गत दूध र पशुहरुको हेरचाहमा सुधार गरिदै ।

ADRA एशिया अनुगमन भ्रमणको लागि हामीसँग सामेल

दैनिक बढ्दै गइरहेको दूधको मागलाई सम्बोधन गर्न र दूधको आपूर्ति बढाएर साना किसानहरूका आय वृद्धि कसरी गर्ने उद्देश्यका साथ TERAI परियोजनाले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा डेरी फार्मको अभ्यासमा सुधार गर्ने काम गरिरहेका छन् । यस अवधिमा परियोजना कसरी सञ्‍चालन भईरहेको छ भनेर अनुगमन तथा निरक्षण गर्ने अभिप्रायले आड्रा एशियाका कार्यक्रम निर्देशक ब्रेन्डन इरविन र परियोजनाका सल्लाहकारहरू नेपाल भ्रमणमा आउनुभई परियोजनाको स्थलगत निरीक्षण गर्नुभयो ।

दूध उत्पादन गरेर आफ्नो दैनिक जीविका चलाउने साना वर्गका किसानहरूका संख्या नेपालमा ठूलो मात्रामा रहेका छन् । तर उहाँहरुले उत्पादन गर्नुभएका दूध भने स्थानीमा बजारमा पुर्‍याउन सकिराख्‍नुभएका छैनन् । बजारमा प्रर्याप्त दूध पुर्‍याउन नसक्नुको मुख्य कारणहरु पोषण यूक्त दानाको अभाव, परजीवी र परम्परागत गोठले अस्वस्थ बनाएका जनावरहरु, जसले गर्दा कम मात्रामा दूध उत्पादन भईरहेको छ।“यदि हामीले किसानहरुलाई आवश्यक सिप, क्षमता सहितका तालिम प्रदान गर्‍यौ भने उहाँहरुले पालन गरिरहेका गाई र भैंसीका स्वास्थ्य र पोषणमा सुधार ल्याई गाई-भैसीहरूबाट उत्पादन हुने दूधको मात्रा बृद्धि गराउनुका साथै दूध प्रशोधनमा आवश्यक सरसफाइ अपनाउन पनि सहयोग हुनेछ । त्यसपछि उत्पादन गरिएका दूध सजिलैसँग स्थानीय बजारमा खरीद-बिक्री गर्न सक्नेछन् । यस परियोजनाको मुख्य उद्देश्य भनेको साना किसानका लागि दिगो र भरपर्दा जीविका हुनुका साथै स्थानीय बजारमा दूधको बढ्दो मागलाई सहजीकरण गर्नु हो भनि आड्रा नेपालका परियोजना प्रबन्धक डा.अनिलचन्द्र न्यौपाने बताउनुहुन्छ ।

यस परियोजनाको प्रथम चरणमा किसानहरुलाई पोषण यूक्त दाना र सन्तुलित आहारा तयार गर्न, परजीवी व्यवस्थापन, गोठ व्यवस्थापन र अन्य उत्तम अभ्यासहरूका वारेमा व्यावहारिक अभ्यास सहित सिप प्रदान गरि क्षमता अभिबृद्धि गरिसकिएको छ । यो तालिम एकदमै व्यावहारिक छ र यसले पहिलो चरणमै धेरै परिवर्तन ल्याएको छ ।

यस परियोजनाले स्थानीय स्तरमा शिप बिकास तथा सहयोगका साथसाथै राष्ट्रिय पशुपँक्षी प्रजनन् कार्यालय पोखरासँगको सहकार्यमा जर्सी गाईको आनुवंशिकलाई राष्ट्रिय प्रजनन् कार्यक्रममा समावेश गर्ने काम पनि गरिरहेको छ। कृत्रिम गर्भधारण र भ्रुण प्रत्यारोपणको माध्यमबाट गाईहरुका प्रजनन् क्षमता उच्च हुने र यसले दूधको उत्पादन पनि लामो समयसम्म गर्न सकिनेछ । गाई पालन व्यवसायलाई दिर्घकालिन बनाई किसान र दूध उद्योग दुबैलाई फाइदा पुर्‍याउन दूध उत्पादन वृद्धि गर्न अहिले किसानहरुले पालन गरिरहेका गाईको उन्‍नत तरिकाबाट हेरचाह र उचित व्यवस्थापनको आवश्यकता छ। किसानहरूले वर्तमान अवस्थामा अपनाएका असुरक्षित अभ्यासहरूद्वारा केबल केही वर्षका लागि मात्र धेरै मात्रामा दूध उत्पादन गर्न सक्नेछन् । यसले गर्दा हाल गाईमा अधिकतम लगानी गरेका किसानले तत्कालै अपेक्षित प्रतिफल नदेख्‍न सक्छन् तर सिप विकास तालिम र सहयोगको माध्यमबाट गाईहरूको पोषण, हेरचाह र स्वास्थ्यमा सुधार गर्नुको अर्थ नयाँ प्रविधिद्वरा विद्यमान जातका गाईहरुवाट भविष्यमा लामो समयसम्म प्रशस्त दूध उत्पादन गर्न सकिनेछ । 

ब्रेन्डनद्वारा आफ्नो पाँच दिने भ्रमणका क्रममा कपिलवस्तु र रूपन्देही (बाणगङ्गा, सैनामैना नगरपालीका र कञ्‍चन गाउँपालिका) मा सञ्‍चालनमा रहेका परियोजना तथा तालिमहरुको अवलोकन गर्नुभयो। भ्रमणका क्रममा उहाँ परियोजना टोलीसँग कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशुपक्षी प्रजनन् कार्यालय पोखरा, राष्ट्रिय पशु अनुसन्धान कार्यक्रम र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका बैठकहरुमा पनि सहभागी हुनुभयो। उहाँले छोटो समयमै परियोजनाको राम्रो जग बसाल्न सफल हुनुभएकोमा परियोजनाका टोली र साझेदारहरुलाई धन्यवाद दिनुभयो साथै आनुवंशिक रूपमा उन्‍नत जातबाट उत्कृष्ट उत्पादन हासिल गर्न पोषण, भेटनेरी सेवा, सरसफाइ र रोग व्यवस्थापन सहित एकीकृत प्रयास आवश्यक रहेकोले सो तर्फ ध्यान दिन सुझाव दिनुभयो ।

यस परियोजनाको निम्ति मुख्य योगदान तथा सरसल्लाह दिनुहुने सरोकारवालाहरु लगायत हालै सम्पन्न भएका बैठकहरुमा संलग्न रहनुभएका व्यक्तिहरु (कृषि तथा वन विश्वविद्यालय पशु विज्ञान, भेटनेरी विज्ञान तथा माछा पालन सङ्कायकाका डीन, प्रो. डा. होमबहादुर बस्नेत, राष्ट्रिय पशु अनुसन्धान कार्यक्रम (NCRP) का संयोजक श्री सागर पौडैल, जिल्ला समन्वय समिति (DDC) का उमाकान्त चपाईँ, कञ्‍चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, आड्रा नेपालका देशिय निर्देशक टम पिनन् आड्रा नेपालका जीविकोपार्जनका परियोजना टिम लिडर कबिर रत्‍न स्थापित, फोरम फर रुरल वेलफेयर एण्ड एग्रिकल्चर रिफर्म फर डेभलपमेन्ट (FORWARD) नेपालका कार्यकारी निर्देशक नेत्रप्रताप शेन, इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डे र कार्यकारी निर्देशक प्रदीप शाह) लाई आड्रा नेपाल धन्यवाद दिन चाहन्छौँ ।

जर्सी ओभरसिज एडको आर्थिक सहयोग रहेको यस चार वर्षे परियोजना आड्रा नेपाल, फोरम फर रुरल वेलफेयर र एग्रिकल्चर रिफर्म फर डेभलपमेन्ट (FORWARD) नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र (IRDC) नेपालसँगको संयूक्त साझेदारीमा नेपालको लुम्बिनी प्रदेशको कपिलवस्तु र रूपन्देही जिल्लाका बाणगङ्गा, बुद्धभूमि, सैनामैना नगरपालिका र कञ्‍चन गाउँपालिकाहरुमा सन्चालन भईरहेको छ ।