Search
Close this search box.

पशुधन व्यवसायमा सुधारात्मक सूचनाको व्यवस्थापन

कार्यशालाः इन्टरहर्ड प्लस तथा तथ्याङ्कमा आधारित (डाटावेश) व्यवस्थापन प्रणालीको परीक्षण

युनिभर्सिटी अफ रिडिङ (University of Reading), बेलायतका प्यान (PAN) सर्भिसका निर्देशक Dr. James Hank (डा. जेम्स हयाङ्क) आड्रा नेपालद्वारा सन्चालित तराई (TERAI) परियोजना समुहको रूपमा भ्रमण गर्नुभयो । उहाँ यस परियोजनाको थप जानकारी संकलन गर्न, दक्षता प्रदान गर्न, र तराई (TERAI) परियोजनाको सूचना व्यवस्थापन पक्षका निम्ति आवश्यक गतिविधिहरु सुचारू गर्न आउनुभएको थियो । हाल, परियोजना सन्चालन भएका क्षेत्रहरुमा स्थानीय सरकारहरुले पाँच वा पाँच भन्दा बढी जनावरहरु भएका दर्ता गरिएका गाई र भैंसी फार्महरुको तथ्याङ्क म्यानुयल रुपमा रेकर्ड गर्ने गरेका छन् । जनावरहरुको संख्या, अनुमानित वार्षिक दूध उत्पादन, खोप, र रोग व्यापकता जस्ता जानकारीहरु सक्रिय रूपमा संकलन गरिन्छ । गाई र भैंसीको कृत्रिम गर्भाधारणका निम्ति राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराद्वारा प्रदान गराइएका वीर्य सरकारले पनि उपलब्ध गराउँदै आएको छ । 

आड्रा नेपालको तराई (TERAI) परियोजना मार्फत सुधारिएको सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन आड्रा नेपालले स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको छ । जुन केवल प्रत्यक्ष डाटा (विवरण) रेकर्ड को निम्ति मात्र सिमित नभई सुधारिएको प्रत्यक्ष तथ्याङ्क सूचना व्यवस्थापन प्रणालीको प्रयोगले कार्यक्रम सफलता, दूध उत्पादन, र जनावरहरुको प्रजनन् सम्बन्धि रोगहरूको बारेमा कसरी डाटा (विवरण) को प्रयोग गर्ने भनि मार्गदर्शकको रूपमा पनि सूचित गर्दछ ।Dr. Hank (डा. हयाङ्क) नगरपालीकाको कार्यालय स्थित पशुपन्छी शाखा भ्रमण गर्ने क्रममा धेरै संयन्त्र (कार्यबिधि) पहिले नै निर्माण भइसकेको भनि टिप्पनी गर्नुभयो । उनीहरु संस्थाको डाटा (विवरण) व्यवस्थापन गरी सुरक्षित राख्‍न रूची राख्दछन् । थप डाटा (विवरण) संकलन केन्द्र स्थापना गरेर र मार्गदर्शकको रूपमा सफ्टवेयरको प्रयोग गरेर मानिसहरुले निति, कार्यक्रम र पशुधन सम्बन्धि मुदाहरु पत्ता लगाई यसद्वारा दूध उत्पादन, उत्पादकत्व, प्रजनन् र रोग व्यवस्थापन सम्बन्धि सूचनाहरुको व्यवस्थापन पनि गर्न सकिन्छ ।

Dr. Hank (डा. हयाङ्क) परियोजना भ्रमणको क्रममा स्थानीय सरकार (लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला स्थित बानगंगा र कञ्‍चन नगरपालिकाका) र १-२ वटा गाई वा भैंसी पालन गरेका साना किसानहरुसँग भेटघाट गर्नुभयो । यसैगरी उहाँ सैनामैना नगरपालिकामा अवस्थित साना किसानहरुबाट दूध सङ्कलन गर्ने नव किरण कृषि सहकारी संस्था पनि भ्रमण गर्नुभयो । त्यस सहकारी संस्थाले संकलन गरिएको दूधको परीक्षण गरी सो दूधको गुणस्तरको आधारमा किसानहरुलाई उचित मूल्य प्रदान गर्छन् । समूहद्वारा सम्भावित नमुना फार्महरुको भ्रमण गरियो जसले साना किसानहरुसँग प्रजनन् र खुराक÷दाना प्रयोजनाको लागि समन्वय गर्नेछन् । त्यसपछि डा. हयाङ्कले बुटवल नगरपललिकाको अग्रसरतामा भएको चार दिने कार्यशाला गोष्ठीको नेतृत्व गर्नुभयो र त्यसपछि काठमाडौँमा राष्ट्रिय स्तरको कार्यशालामा काम गर्न प्रयोगकर्ताहरुको लागि आवश्यक मार्गदर्शक इन्टरहर्ड प्लस तथा तथ्याङ्कमा आधारित (डाटावेश) व्यवस्थापन प्रणालीको शुरुवात गर्दै धेरै साझेदार मार्फत परीक्षण कार्य गर्नुभयो ।

JOA (जर्सी ओभरर्सीज एड) को आर्थिक सहयोगमा तराई (TERAI) परियोजनाको प्रमूख उद्देश्य भनेको हजारौ लिटर दूधजन्य वस्तु उत्पादन गर्ने, साना किसानहरुको पशु हेरचाह प्रविधिमा सुधार गर्ने, अधिक्तम दुध उत्पादनको नेतृत्व गरी बजारीकरण र उद्यम व्यवस्थापनको तालिम प्रदान गर्दै साना किसान समुहहरुको बिकास गर्दै दूध बजारमा सहज पहुँच बढाउने, उनीहरुको जीविपार्जनमा बृद्धि गर्ने साथै अन्य बिभिन्न क्रियाकलापहरु मध्ये यी कामहरु चार बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । अवलोकन भ्रमणको क्रममा पशुधनको हेरचाह, पोषणमा भएको सुधारले अधिकार विहिन रहेका महिला समुदायका साना किसानहरुद्वारा दूध उत्पादन र आय आर्जनमा बृद्धि भएको देख्दा निकै खुसी लागेको थियो । उनीहरु सिकाई उपलब्धिबाट आय आर्जनमा भएको उपलब्धिले गर्भ गर्थे र आफ्ना साना व्यवसाय बढाउन पनि उत्सुक थिए । डा. हयाङ्कले यस परियोजनाको सबलीकरण तथा सुचना प्रणालीलाई सुदृढ गराउदै भविष्यमा स्थानीय तहमा शुद्ध जर्सी गाईको वीर्य परिचय गरी यसको बजारीकरण गर्दै किसानहरुलाई सहज रुपमा उपलब्ध गराउनेछ जसले गर्दा दूध उत्पादन र आयआर्जनमा थप सुधार ल्याउनेछ । त्यसपछि दूधको उच्च मागलाई पुरा गर्दै सामान्य बजारलाई पनि फाईदा पनि पुर्‍याउनेछ ।