कृषि तथा जीविकोपार्जनमा अवसर सिर्जना (GOAL-II) यो परियोजना अष्ट्रेलियाली सरकारद्वारा DFAT र ADRA अस्ट्रेलियामार्फत वित्त पोषित पाँच वर्षे परियोजना हो र यसले प्रदेश-५ को रोल्पा जिल्लाको स्वर्गद्वारी नगरपालिकाका सबै वडाहरू, प्यूठान र रुन्टिगढी ग्रामीण नगरपालिकालाई समेट्छ। यो परियोजनाले दिगो विकास लक्ष्य (SDG) मा प्रत्यक्ष योगदान पुर्याउनेछ, विशेष गरी लक्ष्य १: गरिबीलाई सबै रूपमा अन्त्य गर्ने र लक्ष्य ५: लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला र केटीहरूलाई सशक्त बनाउने।.