Search
Close this search box.

मानवीय

सन् २०२३ एप्रिलमा नेपालको सुदुरपश्‍चिमको बाजुरा जिल्ला केन्द्र बिन्दु भएर भुकम्प गएको थियो । भूकम्प लगतै आड्रा नेपालका पंकज भट्टराई, यु.एन. एफ. पि. ए. (UNFPA) र नेपाल रेडक्रससँग समन्वय गरी क्षतिको बिवरण सङ्कलन गर्न जानुभयो । बिगतका भूकम्पले डोटी र बाजुराका बासिन्दाहरुका कमजोर अवस्थामा रहेका घरहरु निकै जोखिममा छन् । भविष्यमा आउने साना भूकम्पले पनि त्यहाँ ठुलो क्षति पुर्‍याउन सक्छ भन्ने चिन्ताको विषय रहेको छ ।  त्यहाँ रहेका मुख्य स्वास्थ्य चौकी पनि नराम्रोसँग क्षतिग्रस्त भएको थियो । यु. एन. एफ. पि. ए. (UNFPA) र जिल्ला प्रजनन् स्वास्थ्य समितिले आड्रा नेपाललाई आपत्कालीन यौन तथा प्रजनन् शिविरहरु सञ्‍चालन गर्न आग्रह गरेका थिए । भूकम्प अघि यस स्थानहरुमा कहिल्यै पनि विशिष्ट स्वास्थ्य शिविरहरु उपलब्ध गराइएका थिएनन् ।

भर्खरै हाम्रा स्वास्थ्य परियोजनाका अधिकृतहरू समिर भण्डारी र राजिब यादब भूकम्पले प्रभावित तीनवटा गाँउहरुमा आपत्कालीन यौन प्रजनन् शिविरहरु सञ्‍चालन गर्न जानुभयो । अविरल बर्षाको कारणले समयमा शिविर सञ्‍चालन गर्न कठिनाइ भयो । तर उहाँहरुले भूकम्पबाट प्रभावित दुर्गम क्षेत्रहरुमा अति आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने मौका पाउनुभयो ।

तपाईहरु डोटी कसरी पुग्नुभयो ?

राजिबः हामीले काठमाण्डौबाट नेपालको पश्‍चिम दिशा स्थित धनगढीसम्म हवाई यात्रा गर्‍यौ । त्यसपछि हामीलाई जिपबाट जिल्लाको सदरमुकाम सम्म पुग्न ८ घण्टा लाग्यो । त्यहाँबाट मुख्य शहर पुग्न जिपबाट करिब ४-५ घण्टा यात्रा गर्‍यौ र अन्तिम गन्तव्यमा पुग्न पुनः एक घण्टा तीस मिनेट हिड्‍यौँ ।  

समिरः त्यहाँका सडकहरु निकै अप्ठारो, उकालो र ओरालो, अनि हिलै हिलो थियो । खोलाको बहाव पनि निकै बढेको थियो र पहिरोहरु पनि गएका थिए । कहिलेकाहि निकै डर पनि लाग्थ्यो ।

तपाईहरु कहाँ बस्नुभयो ?

समिरः गाउँमा बस्नका निम्ति स्थानीय होटलहरु थिए र त्याहाँ पानीको सुविधा पनि थिएन । नुहाउने ठाउँ पनि बाहिर नै थियो । हामीले त्यहाँ स्थानिय खाना खायौ, मुख्यत आलु । चिसो भुगोल रहेकोले त्यहाँ अधिक मात्रामा आलु उब्जाउने गर्दछन् र आलुकै दाल, तरकारी, अचार र मुख्य भोजन रहन्छन् । हामीले पनि आलु र भात नै खायौँ । 

राजिबः अन्य समयहरुमा हामी सरकारी कार्यालयहरुका भुईमा सुत्यौ ।

स्वास्थ्य शिविर कस्तो रहयो ?

समिरः स्वास्थ्य शिविर निकै राम्रोसँग सञ्‍चालन भयो । हामीले तीनवटा शिविरहरु बिभिन्न तीन गाउँहरुमा सम्पन्न गर्‍यौ । हरेक नयाँ गन्तव्यमा पुग्न हामीलाई करिव एक घण्टा तीस मिनेट समय लाग्थ्यो । त्यहाँका महिलाहरुले विगतका दिनहरुमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा वा शिविरहरु पाएका थिएनन् जुन हाम्रो नगरमा त्यस क्षेत्रमा निकै आवश्यक रहेको पायौँ । धेरै महिलाहरु सो सेवा पाउन ३-४ घण्टा पैदल यात्रा गरेर आउनुभएको थियो । 

राजिबः आयोजना गरिएको शिविर केबल एक दिनको लागि मात्र थियो । आड्रा नेपालको आयोजनामा स्वास्थ्य शिविर सञ्‍चालन गर्‍यौँ । महिलाहरु आएर आफ्नो नाम दर्ता गरी, आफ्ना स्वास्थ्य समस्या तथा परिवार नियोजनका बिषयहरु राख्‍न सक्दछन् वा डाक्टरहरुलाई नै भेटेर आफ्ना समस्याहरु व्यक्त गर्न सक्दछन् । हामीले यस स्थानमा र नेपालका अन्य धेरै स्थानहरुमा महिलाहरुको पाठेघरको निकै जोखिम रहेको जानकारी पायौँ । धेरै महिलाहरु त्यस पिडा र कष्टहरुले बाँचिहेका छन र यी केहि हदसम्म साना सहकार्यहरु जस्तै दैनिक व्यायम वा रिङ्ग पेसेरीद्वारा केहि हदसम्म तत्कालै समाधान गर्न सकिन्छ भने केहि अवस्थामा शल्यक्रिया गर्नु पर्छ भनेर सल्लाह दिएका थियौँ । हामीले आयोजना गरेका शिविरमा करिव १४०० महिलाहरुले सेवा लिनुभयो ।

समिरः हामीले आयोजना गरेको शिविरमा पाठेघरको क्यान्सरको पनि परीक्षण गर्‍यौँ र त्यहाँ परीक्षण गर्दा १०० भन्दा बढी भि.आई.ए (VIA) जाचँको सक्रिय लक्ष्यण देखियो जो पाठेघरको क्यान्सरको सूचक हुन सक्छन् । पाठेघरको क्यान्सरको परीक्षण पश्‍चात उच्च जोखिममा रहेका ती महिलाहरुलाई अन्य सम्बन्धित स्वास्थ्य केन्द्रहरुमा पठाउन हामी सफल भयौँ ।

राजिबः शिविरमा आवद्ध स्वास्थ्य टोलीले केहि जन्मजात र जन्मपछिका परीक्षण, स्वास्थ्य शिक्षा र परिवार नियोजन सेवा र मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराएका थिए । महिना दिन अघि गएको भूकम्पले त्यस क्षेत्रका मानिसहरु अझै पनि प्रभावित छन् । यसबारे कुरा गरेर आफ्नो डर तथा चिन्ता प्रकट गर्ने अवसर पाएकोमा स्थानीय बासिन्दाले प्रशंसा गरे ।

के त्यहाँ अझै भुकम्पले धेरै क्षति पुगेको छ ?

राजिबः हो यहाँको मुख्य स्वास्थ्य चौकी पूर्ण रुपले भत्किएको थियो र सरकारलाई यो स्वास्थ्य चौकी पुनः निर्माण गर्न बर्षौ लाग्नेछ । प्रसुती सेवा प्रदान गर्नको निम्ति अस्थाई घर बनाईएको छ । महिलाहरु त्यही गएर आफ्ना बच्चाहरुलाई जन्म दिन्छन् । त्यहाँको स्वास्थ्य चौकी पुनः निर्माण नभएसम्म हाल आड्राले निर्माण गरेको भवनमा प्रसुती सेवा प्रदान गरिएको छ । स्वास्थ्य चौकी निर्माणका निम्ति आड्रा ईन्टरनेशनल तथा आड्रा अस्टेलियाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

यो यात्रा निकै जोखिमपुर्ण सुनिन्छ, तपाईको अनुभव कस्तो रहयो ?

समिरः अवस्य नै यो यात्रा निकै डरलाग्दो, असहज र निकै थकित पार्ने थियो । तर साँच्चै भन्ने हो भने हामीले यस्ता धेरै अनुभव पहिले पनि सामना गरिसकेका छौँ ।

राजिबः हामी आड्रा नेपालमा बिगत ८ बर्ष देखि कार्यरत छौँ । हामीले यस्ता जोखिमपूर्ण यात्रा र स्वास्थ्य शिविरहरु दुर्गम स्थानहरुमा गर्दै आएका छौ । सन २०१५ को बिनासकारी भूकम्प देखि बाढिपिडित र साना भूकम्पबाट पिडितहरुलाई हामीले सेवा प्रदान गर्दै आएका छौँ ।

तपाईँ किन मानवीय कार्य गर्न चाहनुहुन्छ ?

समिरः म मानवीय सेवा गर्नको लागि यो कार्य गर्दछु ।

राजिबः मैले मानिसहरु असमान्य घटनापछि निकै हताश भएको देख्दछु । जब म यस्तो समयमा मानिसहरु बिच पुगेर उहाँहरुको कुरा सुन्छु, सहयोग गर्छु र उहाँहरुले दिनुभएको धन्यबादले मलाई पुन काम गर्न अभिप्रेरित गर्दछ । 

समिरः जब तपाईँले धेरै पिडित मानिसहरुलाई आवश्यक सेवा प्रदान गर्नु हुन्छ तव यसले तपाईँलाई धेरै नै प्रभाव पार्दछ ।

यस अन्तर्राष्ट्रिय संयूक्त मानवीय दिवस २०२३ को अवसरमा आड्रा नेपाल आफ्ना समस्त कर्मचारीहरु तथा स्थानीय साझेदारहरु, जसले अनेकौ आपतकालीन समयहरुमा आपूर्ति र सेवाहरू पुर्‍याउनु भएकोमा धन्यवाद दिन चाहन्छ। उहाँहरूका यी कार्यहरुले वास्तविक मानवीय विशेषताहरू प्रदर्शन गर्दछ । #nomatterwhat नेपाल भूकम्प, बाढी र पहिरोद्वारा प्रभावित देश हो जसले धेरै जीवनलाई नष्ट गरिरहेको छ र गरिबी तथा कठिन परिस्थितिलाई पनि बढाइरहेको छ । यी समस्याहरु धेरै मानिसहरूले पहिले देखिनै सामना गरिरहेका छन्। सबै आपतकालीनहरू घटनाहरु समाचारका शीर्षकहरूमा समावेश भएका हुदैनन्, सबैले घटनाहरुले हजारौं मानिसहरूलाई असर पनि पुर्‍याइएको हुदैनन् र जो धेरै मानिसहरुले बेवास्ता गर्छन् वा त्यस्ता घटनाहरुलाई छिटै बिर्सिन्छन्। आड्रा नेपालका विपद् जोखिम व्यवस्थापन संयोजक, डा सुमन रावल भन्नुहुन्छ, हामीसँग भएका स्रोतहरुले जनताको सेवा गर्न सम्भव प्रयासका साथ हामी सधै अग्रसर रहनेछौँ ।”