Search
Close this search box.

GOAL - II परियोजनाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सम्बोधन गर्‍यो

डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको रूपमा मनाइन्छ, जसको उद्देश्य अपाङ्गताका मुद्दाहरूको बुझाइलाई प्रोत्साहन गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिष्ठा, अधिकार र कल्याणको लागि समर्थन जुटाउनु हो। यस दिवसलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाको रुन्टीगढी गाउँपालिकामा सम्बोधन गरी "अपाङ्गता भएका व्यक्तिहरूका निम्ति दिगो विकासका लक्ष्यहरूको उद्धार र प्राप्तिका निम्ति एकजुट भई क्रियाशील हुनुहोस्" भन्‍ने मूल नाराका साथ मानवीय विकासका निम्ति ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो । यी दुबै कार्यक्रमहरुमा स्थानीय सरकारका प्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्तिहरु र उहाँहरुका परिवारका सदस्यहरु, स्थानीय तहका अपाङ्गता व्यक्तिहरुका संगठन, र विकास साझेदारीहरू गरी जम्मा १३० जनाको सहभागिता रहेको थियो । एक सभाको आयोजना गरी उपस्थित सहभागीहरु बिच अपाङ्गताका मुद्दाहरुमा छलफल गरियो र साथै ९ जना विद्यार्थीलाई शैक्षिक सामग्री र २३ जना अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनका साम्रागीहरू सहयोग स्वरूप प्रदान गरियो । सहभागीहरूले सरकारको विकासका नेतृत्त्वहरुमा अपाङ्गता भएका व्यक्तिहरुका आवाजलाई मूल प्रवाहमा अझ महत्त्व दिन चासो व्यक्त गरे। उक्त कार्यक्रम स्थानीय सरकार, विकासका साझेदारहरू (Goal II र समुन्‍नति परियोजना) र अपाङ्गता संगठनहरूको सहकार्यमा आयोजना गरिएको थियो । संगठनहरूका अध्यक्षले आफ्ना मनत्वय राख्दै समस्त सहयोगी निकायहरूलाई उहाँहरुका महत्वपूर्ण योगदानका निम्ति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।

Goal II परियोजना अष्ट्रेलियन सरकार र आड्रा अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको हो र यस परियोजनालाई आड्रा नेपालले फिर्डो नेपाल प्यूठान (FIRDO Nepal Pyuthan) र रुडास नेपाल रोल्पासँग (RUDAS Nepal Rolpa) को साझेदारीमा कार्यान्वयन गरिएको छ ।