


धेरै मानिसहरूले स्वच्छ पीउने पानीलाई निकै सहज तरिकाले वा हल्कासँत लिने गर्दछन् । बारबर्दिया नगरपालिका स्थित एक सानो समुदाय धकेलामा मानिसहरूले भरपर्दो स्वच्छ पिउने] पानीको लागि निकै लामो समयदेखि सङ्घर्ष गर्दै आएका थिए। विभिन्न पानीका स्रोतहरू जस्तैः हाते पम्प (ह्यान्डपम्प) तथा नदीबाट पानी तानेर संकलन गर्ने परम्परागत अभ्यासहरू वर्तमान समयमा सबै पानीका स्रोतहरू दुषित भइसकेका छन् र यो पानी प्रयोगका निम्ति उपयुक्त छैन्। स्वच्छ पानीको पहुँचको कमिले गर्दा मानिसहरूले धेरै स्वास्थ्य जन्य समस्याहरूको सामना गर्नुपर्दछ र साथै उनीहरूको जीवनशैलीमा पनि गम्भिर असर पार्दछ । गत वर्ष आड्राले स्वास्थ्य सुधार परियोजना (हेल्थ रिफर्म प्रोजेक्ट) को सुरूवात गरेसँगै यामाहाले एशियामै आफ्नो पहिलो यामाहा शुद्ध पानी आपूर्ती प्रणाली निर्माण गरेको छ । यस प्रणालीले स्थानीय नदीको पानी संकलन गरी फिल्टर गरेर उक्त पानीलाई शुद्ध बनाइ पिउने योग्य बनाउँदछ। निर्माण गरिएको उक्त यामाहा शुद्ध पानी आपूर्ती प्रणालीको प्रति दिन ८००० लिटर पानी फिल्टर गरी शुद्ध गर्ने क्षमता छ र यो स्वचालित रूपमा आधारित छ । यस प्रणालीमा उपयोग भएका हुने समस्त उपकरणहरू इन्डोनेसिया र जापानबाट आयात गरिएको थियो।

आड्रा जापान र यामाहाले धकेला भ्रमणको क्रममा, आड्रा नेपाल र कार्यान्वयन साझेदार संस्था इनरुडेक सँगको सहकार्यमा यामाहा शुद्ध पानी आपूर्ती प्रणालीको उद्घाटन गरेका थिए । भविष्यमा यस प्रणालीको निरन्तरता सुनिश्चित गर्न स्थानीयकर्मी कार्यकर्ताहरूले यस प्रणालीको हेरचाह र मर्मत गर्ने सम्बन्धि आवश्यक तालिम पनि प्राप्त गरे ।


हाल समुदायमा जडान गरिएका पाँचवटा धाराहरूबाट २३५ घरपरिवारहरूले शुद्ध पानीको आपूर्तिबाट लाभान्वित हुनेछन् । भविष्यमा उनीहरूले छिमेकी समुदायहरूलाई उक्त शुद्ध पानी वितरण गर्ने योजना बनाएका छन्।
तीन वर्षे स्वास्थ्य सुधार परियोजनाले बर्दिया जिल्लामा सुधारिएको पोषण अनुगमन प्रणाली, समर्पित सुविधाहरू, सामुदायिक संलग्नता र स्वच्छ पानीको व्यवस्थाको माध्यमबाट समुदायहरूको स्वास्थ्य परिणाम र सरसफाइ अभ्यासहरू सुधार गर्न केन्द्रित छ । यो परिषोजना परराष्ट्र मन्त्रालय जापान, यामाहा जापान, आड्रा जापानको आर्थिक सहयोग संचालन गरिएको हो र इनरुडेक बाँकेसँगको साझेदारीमा आड्रा नेपालले उक्त परियोजना कार्यान्वयन गरेको हो ।