कोभिड–१९ माहामारीको उच्च जोखिम रहेको समयमा आड्रा नेपालले नेपाल सरकारको परिवार कल्याण महाशाखासँगको सहकार्यमा मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा कोभिड–१९ घुम्ती खोप सेवाका लागि घुम्ती भ्यान तैनाथ गर्ने कार्यनीति बनायो । यो कोभिड–१९ घुम्ती खोप सेवा (MoCoVs) को अवधारणा सन् २०२१ को महामारीको प्रतिक्रियाबाट आरम्भ भएको हो । आड्रा नेपालले खोपको हिचकिचाहट/संदेहको बारेमा सबै प्रदेशहरुबाट आवश्यक जानकारी सर्वेक्षण गर्यो, जसले अन्य प्रदेशहरुको तुलनामा मधेस प्रदेशको मानिसहरुमा खोपप्रति संदेह/हिचकिचाहट अधिकतम पाइयो । यस खोप प्रतिको हिचकिचाहटको मुख्य कारण निम्न साक्षरता दर, खोपप्रतिको गलत धारणा तथा जानकारी, खोपका दुष्प्रभावका डर, र सिमान्तकृत समुदायमा जन स्वास्थ्यप्रतिको व्यवहार कम हुन ।
यस समस्यालाई थप सम्बोधन गर्न आड्रा नेपाल र परिवार कल्याण महाशाखाले कमजोर र अतिबित्पन्न वर्गलाई लक्षित गर्यो जसमा गर्भवती महिला र स्तनपान गराउने आमाहरु, वृद्ध, अपाङ्गता व्यक्तिहरु र स्वास्थ्य स्थिती कमजोर भएकाहरुलाई समावेश गरिएको थियो । खोपप्रति गलत धारणा/संदेह भएका व्यक्तिहरुको बिचमा यो अभियान संचालन गर्न निकै चुनौतिपूर्ण थियो । विभिन्न खोप प्रतिको गलत धारणाले गर्दा र आफ्नो स्वास्थप्रति चासो नभएका अति बित्पन्न व्यक्तिहरुलाई खोप स्थलसम्म पुग्न धेरै अवरोधहरुको सामना गर्नुपरेको थियो । तसर्थ, समुदायमा आधारित अवधारणालाई आत्मसाथ गर्दै हामीले जोखिममा रहेका अति गरिब र सीमान्तकृत सामुदायहरुलाई लक्षित गदैँ खोप अभियान सन्चालन गर्यौँ ।
आड्रा अस्ट्रेलिया र आड्रा अन्तराष्ट्रियको आर्थिक सहयोगमा मधेस प्रदेशका प्रत्येक ८ वटा जिल्लाहरुमा एउटा-एउटा घुम्ती भ्यान निर्धारण गरी कोभिड–१९ घुम्ती खोप सेवा (MoCoVs) स्थापना गरिएको थियो । प्रत्येक यूनिटमा नेपाल सरकारद्वारा नियूक्त गरिएको खोप दिने व्यक्ति, खोप, र आड्राद्वारा प्रदान गरिएको अतिरिक्त सहयोग, साथै स्टाफ नर्स, भ्यान, चालक, खोप भण्डार गर्ने बाक्स, प्रयोग भइसकेका खोपको शिशी संकलन गर्ने बाक्स, र प्राथमिक उपचारका सामाग्रीहरु समावेश गरिएको थियो । कोभिड–१९ घुम्ती खोप सेवा (MoCoVs) का यूनिटहरु खडा गरी सजिलै खोप सेवा प्राप्त गर्न नसकेका व्यक्ति तथा समुदायहरुमा पुगेर सेवा दिन हप्ताको ५-६ दिन कार्यरत थिए ।
कोभिड–१९ घुम्ती खोप सेवा (MoCoVs) संचालन हुन पुर्व आड्रा र यसका स्थानीय साझेदारीहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संलगन गराएर प्रदेश र नगरस्तरीय वडाहरुमा खोप अभियानका कार्यक्रम गर्थे । यी महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्भवती महिला र स्तनपान गराउने आमाहरु, अपाङ्गता भएका व्यक्तिहरु र स्वास्थ्य स्थिती कमजोर भएका र वृद्धहरुलाई पहिचान गरी समाजमा भविष्यमा संचालन हुने घुम्ती कोभिड–१९ खोप सेवा (MoCoVs) को बारेमा जानकारी गराए । महिला स्वयंसेविकाहरुले ती वर्गका मानिसहरुलाई खोपको बारेमा सही सूचनाको जानकारी पनि दिनुभयो, विशेष गरी गर्भवती महिला र सुत्केरी आमाहरुलाई यसको सुरक्षाको मापदण्डको बारेमा बताउनुभयो र यसका लागि तुरुन्तै अनुमति पनि पाउनुभयो । यो कार्यक्रम लक्षित वर्ग सम्म पुगी सफलता हासिल गरेपछि यो खोप अभियानलाई शिशुस्याहारकर्ता र बच्चाहरु बिच पनि समावेश गराइयो ।
सरकारसँगको सहकार्यमा गरिएको खोप अभियान उच्च सफल सिद्ध भयो र यसले मानिसहरुमा रहेको खोपप्रतिको नकारात्मक अवधारणालाई हटाइ लक्षित जनसंख्या बिच खोप अभियान कार्यक्रम समपन्न गर्न पनि सफल रहयौँ । यो खोप कार्यक्रम समपन्न भए पश्चात आड्रा नेपालले बैठक आयोजना गरेर कोभिड–१९ घुम्ती खोप सेवा (MoCoVs) प्रभाव अध्ययनको नतिजा सर्वजानिक गर्यो । यस बैठकमा परिवार कल्याण महाशाखा, लजिस्टिक व्यवस्थापन महाशाखा, विश्व स्वास्थ्य संगठन (WHO), एफ.एच.आई.३६० (FHI360), यूनिसेफ (UNICEF), आड्रा नेपाल (ADRA Nepal) का प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस बैठक अध्ययनको निर्कषले अति वित्पन्न समुदायहरुमा खोपप्रति नकारत्मक अवधारणा रहेका व्यक्तिहरु बिच पुग्न कोभिड–१९ खोप घुम्ती सेवा (MoCoVs) निकै प्रभावकारी रहेको बताए । परिवार कल्याण महाशाखा, मधेस प्रदेश, आड्रा नेपाल, र यसको कार्यान्वयन साझेदार बागमती कल्यान समाज नेपालको संयूक्त प्रयासले आपतकालीन स्वास्थ्य अवस्थामा विशिष्ट क्षेत्रमा सेवा प्रदान गर्ने घुम्ती कोभिड–१९ खोप सेवा (MoCoVs) को दृष्टिकोण सफल देखियो । सरकारले भविष्यका विभिन्न परिदृश्यहरुमा र देशका विभिन्न स्थानहरुमा यस विधिलाई प्राथमिकता दिने जानकारी दिए ।