Search
Close this search box.

आड्रा नेपालद्वारा जाजरकोटको भूकम्पप्रति प्रतिक्रिया

आड्रा नेपालले कर्णाली प्रदेशको जर्जाकोटमा गएको भूकम्पको प्रतिकार्य निर्धारण गर्न राष्ट्रिय तथा स्थानीय सरकारी निकायसँग सम्पर्क गरी अवस्थाको मूल्याङ्कन गर्दै आएको छ । गत कार्तिक १७ गते राति ११:४७ मा गएको भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । करिब ४००० घरहरु आंशिक रुपमा क्षति भएका छन् भने ९०० भन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका छन् । सरकारले अन्तर्राष्ट्रिय निकायलाई सहयोग गर्न आग्रह गरेसँगै आड्राले राष्ट्रिय आपतकालीन व्यवस्थापन योजना (NEMP) सुरु गरेको छ र बारेकोट गाउँपालिकाका भूकम्प पीडितहरुका निम्ति ६५० थान आश्रयका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । यी आश्रयका सामग्रीहरु हाम्रो कार्यान्वयन साझेदार एजेन्सी, वातावरण तथा ग्रामीण विकास केन्द्र (ENRUDEC) को सहकार्यमा वितरण गरिएको छ। आड्राले आवश्यक सहयोगको निम्ति जोखिममा परेका र अति असुरक्षित परिवारहरूको सूची संकलन गर्न स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेको छ । जाडो मौसम सुरु भएसँगै हामीले प्रभावित मानिसहरूलाई आवश्यक आधारभूत प्रावधानहरू प्रदान गरी जाडोमा न्यानो राख्‍न आवश्यक छ ।

आड्राले वर्तमाण आवश्यकताहरूको आकलन जारी राखेको छ र यी स्थानहरुमा भविष्यको प्रतिलाभ आवश्यकताहरुको विचार-विमर्श गरिरहेको छ। भूकम्पबाट प्रभावित व्यक्तिहरूले स्थानीय सेवा र जीविकोपार्जनमा भएका अवरोधहरुको अनुभव गर्न सक्ने सम्भावना छ र यहाँका स्थानीय सेवाहरुको पुनर्निर्माण, पूर्वाधार मर्मत, स्वास्थ्य सेवा, मनो-सामाजिक सहयोग, जीविकोपार्जन, पानी र सरसफाइ सेवाहरूको लागि निरन्तर सहयोगको आवश्यकता रहेको छ । विपत्तिबाट प्रभावित मानिसहरूको जीवन सुधार गर्ने हाम्रो लक्ष्यलाई हाम्रा साझेदारहरू र दाताहरूले यी आवश्यकताहरूको बारेमा विचार गर्नुहुनेछ भनि हामी आशा गर्दछौं ।