Search
Close this search box.

आड्रा कोरियाका अतिथिहरुद्वारा बिद्यार्थीहरुसँग भेटघाट

आड्रा कोरियाका अतिथिहरु तीन विद्यालयहरुमा भ्रमण गर्नुभयो उहाँहरुले युनाइडेड फर् एडुकेसन्स् (सबैका लागि शिक्षा) कार्यक्रम मार्फत विद्यार्थीहरुलाई छात्रवृत्ति सहायता प्रदान गरिराख्‍नु भएको छ । विदाको समयमा पनि शिक्षक र विद्यार्थीहरुद्वारा उपस्थित भई उहाँहरुको न्यानो अभिवादन गरियो साथै ती विद्यार्थीहरुसँग परिचय गरियो । आड्रा कोरियाका निर्देशकले उनीहरुलाई अध्ययनमा प्रोत्साहित गर्नुभयो तथा आड्रा नेपालका देशीय निर्देशकले उनीहरुको भविष्यको सपना साकार पार्न पनि प्रेरित गर्नुभयो । विद्यार्थीहरुसँगको भेटघाट र विद्यालयको भ्रमण सँगै, उहाँहरुले आड्रा कोरियाद्वारा छात्रवृत्ति पाएकी छात्रा मल्लीकाको घर पनि भ्रमण गर्नुभयो । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् र सन् २०१७ देखि आड्राद्वारा छात्रवृत्तिको सहायता पाइरहेकी छिन् । ढुङ्गा र माटोले बनेको उनीहरुको घर सन् २०१५ को महाभूकम्पबाट भत्कियो र दुइ कोठाको घर उनीहरुले निर्माण गरे । मल्लीकाकी आमा मिनु, वर्तमानमा आय आर्जको मुख्य स्रोत छिन् र मल्लीका र उनका १३ वर्षे भाईलाई मद्दत गर्छिन्, जसले सन् २०१५ को भूकम्पमा आँखाको दृष्टि गुमाएका थिए । २ वर्ष पहिले उनको आँखाको शल्यक्रिया भयो र उनी अहिले पनि नियमित रुपमा औषधि प्रयोग गर्दैछन् । मिनुसँग नियमित आय श्रोत छैन तर काम पाएको वेलामा मौसमी ज्यालादारीको रुपमा काम गरेर आफ्नो परिवारको जीविका चलाउछिन् । उनीहरुले केही जमीन भाडामा लिएर आफ्नो उपयोगको निम्ति तरकारी उब्जाउँछन् । मल्लीकाले विद्यालय जान आड्राबाट छात्रवृत्ति सहायता पाउन सेकेकोमा उनीहरु खुसी छन् । उनी एक निष्ठावान छात्रा तथा उत्कृष्ट नृत्य पनि गर्छिन् । विद्यालय भ्रमणको बेलामा उनले नृत्य प्रस्तुत गरिन् र आफू भविष्यमा एक समाजसेवी बन्‍ने इच्छा रहेको जानकारी गराइन् । 

यस बर्ष ६३ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गर्ने आड्रा कोरियालाई धन्यबाद । उहाँहरुले बिद्यालय पोशाख, शौक्षिक सामाग्रीहरु प्रदान गर्नुभयो जसले गर्दा उनीहरुको परिवारमा आर्थिक भार कम पर्यो र उनीहरुलाई विद्यालय जान प्रोत्साहन गर्यो ।